site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जलवायु परिवर्तनको असर रोक्न वन क्षेत्रको दिगो व्यवस्थापन आवश्यक : उपराष्ट्रपति यादव
फाइल तस्बिर

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरूरी रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरूरी रहेको बताएका हुन् ।

जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चुनौतीप्रति गम्भीर हुनुपर्ने उनले बताए । 

उपराष्ट्रपति यादवले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको बताए । 

उनले वनको दिगो विकासका चुनौतीहरूलाई अवसरका रूपमा परिणत गर्नका लागि सबै निकायबीचको सहकार्य आवश्यक रहेको बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro