site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीको दोस्रो स्थापना दिवसमा रास्वपाले गर्ने भनेको नमुना कार्यक्रम कस्तो ? 
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवसको दोस्रो वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । 

पार्टी सहमहामन्त्री कविलन्द्र बुर्लाकोटीले दिएको जानकारीअनुसार दोस्रो स्थापना दिवसको अवसरमा आगामी असार १ देखि ७ गतेसम्म कार्यक्रम आयोजना गरिएको हो । वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरी स्थापना दिवस मनाउने पार्टी सचिवालय बैठकले निर्णय गरेको उनले जानकारी दिए । 

बुर्लाकोटीका अनुसार स्थापना दिवसको अवसरमा पार्टीले नमुना कार्यक्रमहरू गर्ने पनि जानकारी दिए । पार्टीले असार १ गतेदेखि हालसालै निर्माण सम्पन्न र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाहरूको अनुगमन गर्ने, असार ३ गते पत्रकारहरूलाई कार्यक्रमबारे जानकारी गराउने, असार ५ गते     रक्तदान कार्यक्रम, सार्वजनिक स्थलहरूको सरसफाइ कार्यक्रम गर्ने उनले बताए । साथै, असार ६ गते वृक्षारोपण र असार ७ गते चियापान कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

“स्थापना दिवसको कार्यक्रममा केन्द्रीय समिति, विभाग, प्रदेश समिति, विभागका पदाधिकारी र सदस्यहरूलाई जिल्ला पलिकामा पुगेर कार्यक्रम आयोजना गर्न आवश्यक छलफल, सहयोग र समन्वय गरी कार्यक्रम सफल बनाउन पहलकदमी लिन अनुरोध गरिएको छ,” उनले भने । 

बुर्लाकोटीका अनुसार नुमना कार्यक्रममा सीमित नभई सम्बन्धित तहमा छलफल गरी स्रोत व्यवस्थापन सुनिश्चित गर्न र अन्य कार्यक्रम आयोजना गर्न पनि तहगत समितिलाई अनुरोध गरिएको छ । 

“रक्तदान, सरसफाइ, वृक्षारोपण, मैत्रीपूर्ण खेलकुदजस्ता कार्यक्रम गर्दा सरकारी, गैरसरकारी, निजी क्षेत्र, क्लब, संघसंस्था समुदायसँग समेत सहकार्य गर्न सकिनेछ,” उनले भने ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro