site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मोदीको शपथमा सहभागी हुन भुटानका प्रधानमन्त्री दिल्ली पुगे
SkywellSkywell

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे भारतको दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको लागि लिने शपथग्रहण समारोहमा सहभागी हुन उनी दिल्ली पुगेका हुन् । 

तोब्गेको भ्रमणले भारत र भुटानबीचको मित्रता र सहकार्यलाई थप मजबुत बनाउने भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवाल सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् । शपथग्रहण समारोहमा सहभागी हुन विभिन्न देशका पाहुना दिल्ली पुगिरहेका छन् । 

Dabur Nepal
NIC Asia

आइतबार बिहान माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू दिल्ली पुगेका थिए । पछिल्लो समय भारतसँग सम्बन्ध राम्रो नभएका मुइज्जूले भारतीय प्रधानमन्त्रीको निमन्त्रणा स्वीकार गरी दिल्ली गएका हुन् । 

मौरिससका प्रधानमन्त्री प्रविन्दकुमार जगन्नाथ पनि मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले जनाएका छन् । 

बंगलादेशकी प्रधानमन्त्री शेख हसीना शनिबार नै शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेकी थिइन् । 

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार अपराह्न १ बजे मोदीको शपथग्रहण समारोहमा सहभागी हुन दिल्लीतर्फ जाँदै छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu