site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी ट्वान्टी २० विश्वकपमा स्कटल्यान्डको पहिलो जित

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा स्कटल्यान्डले पहिलो जित निकालेको छ । स्कटल्यान्डले नामिबियाविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ ।

बिहीबार ब्रिजटाउनमा भएको खेलमा नामिबियाले प्रस्तुत गरेको १५६ रनको लक्ष्य  १८.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै स्कटल्यान्डले प्रतियोगितामा दुई अंक सुनिश्चित गरेको हो । 

स्कटल्यान्डको जितमा कप्तान रिची बेरिङ्टनले ३५ बलमा दुई चौका र दुई छक्कासहित ४७ रन बनाए । माइकल लिएस्कले ३५, माइकल जोनसले २६ र ब्रान्डन म्याकमुलमले १९ रन थपे । 

Dabur Nepal
NIC Asia

नामिबियाका गेर्हार्ड इरास्मसले दुई विकेट लिए । रुबेन ट्रम्पेलमेनले, ब्रान्डन स्कल्ज र टांगेनी लुंगामेनीले समान एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङमा आएको नामिबियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५५ रनको योगफल खडा गरेको थियो । 

नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले सर्वाधिक ५२ रन बनाएका थिए । जेन ग्रीनले २८, निकोलस ड्याभिनले २०, डेविड वाइजले १४ र जान फ्राइलिंकले १२ रन थपे ।

स्कटल्यान्डका ब्राड ह्विलले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए । ब्राडड कुरीले दुई विकेट लिँदा क्रिस सोल, क्रिस ग्रेभेस र माइकल लिएस्कले समान एक विकेट हात पारे ।

जितसँगै दुई खेलबाट तीन अंक जोडेको स्कटल्यान्ड समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेल इंग्ल्यान्डसँग वर्षाका कारण नतिजाविहीन भएपछि स्कटल्यान्डले एक अंक पाएको थियो । 

यता, जारी विश्वकपमा पहिलो हार व्यहोरेको नामिबिया भने दुई खेलबाट दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । नामिबियाले यसअघि पहिलो खेलमा ओमानलाई सुपर ओभरमा पराजित गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro