site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान सञ्चालनमा आयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान तथा अवतरण अहिले फेरि सञ्चालनमा आएको छ । 

विमानस्थलको धावनमार्ग चर्किएपछि पछि आज अपराह्न ४ः५५ बजेदेखि ६ बजेसम्म अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरुद्ध भएको विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

“धावनमार्ग चर्किएपछि अन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएका थिए, अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालन भएका छन्,” उनले भने ।

यसअघि यही जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी–डी) मा चिरा देखिएपछि उडान अवरुद्ध भएको थियो । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro