site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक स्वीकृत 

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथिको छलफलपछि पेस गरिएको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा स्वीकृत गरेको हो । त्यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा र वित्तीय जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न उक्त विधेयक ल्याउनुपरेको बताए । 

Argakhachi Cement Island Ad

उनले नेपालको संविधान तथा प्रचलित कानुनमा उल्लेखित तीन तहको सरकारको वित्तीय अधिकार क्षेत्रको व्यवस्थित कार्यान्वयन गर्न, हालैका दिनमा प्रदेश सरकारले पनि प्रदेश बैंकहरू खोल्न सुरू गरिसकेका सन्दर्भमा संशोधन विधेयक आवश्यक परेको बताए । 

अर्थमन्त्री पुनले नेपालको समग्रमा बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाइ स्थायित्व कायम गर्न विधेयक महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्