काठमाडौं । अनलाइन किनमेल कम्पनी दराज नेपालले ‘मिड–इयर सेल ६.६’को घोषणा गरेको छ । ‘मिड–इयर सेल ६.६’ योजनाअन्तर्गत ग्राहकले ७० प्रतिशतसम्मको आकर्षक छुट पाउने कम्पनीले जनाएको छ ।
यस्तै, निःशुल्क डेलिभरी, दुई करोड रुपैयाँ बराबरको मेगा भौचरलगायत अफर रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दराज ६.६ मिड–इयर सेल जुन ६ (यसै जेठ २४)देखि जुन १२ (जेठ ३०) सम्म चल्नेछ । दराज ६.६ मिड–इयर सेलको प्रमुख आकर्षणका रूपमा विभिन्न विक्रेतामार्फत खरिदकर्ताले अफर दिइएका सामग्रीहरूको खरिदका लागि न्यूनतम ४९९ रुपैयाँ खर्च गरेपछि निःशुल्क होम डेलिभरी मिल्नेछ ।
कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको 'फ्री डेलिभरी' ब्यानरमा क्लिक गरी भौचर संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सीमा बिना निःशुल्क डेलिभरीको सुविधा लागु हुनेछ ।
उपभोक्ताहरूको सपिङ अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेस्ट प्राइज ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको बताएको छ ।
यस अन्तर्गत उपभोक्ताले ‘बेस्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ बिक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सस्तो मूल्यमा खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।
६.६ मिड–इयर सेलको अवधिभर खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्ममार्फत दराजले ‘बेस्ट प्राइज ट्याग’ उपलब्ध गराएको सामग्री सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दाबी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको पाँच गुणा रकम फिर्ता पाउने दराजले जनाएको छ ।
६.६ मिड–इयर सेल बृहत् छुट र बचतका बारेमा मात्र नभई, यसको उद्देश्य उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि रहेको कम्पनीको भनाइ छ ।