site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
याकको चिजमा व्यापक ह्रास, तीन दशकमा ५८ हजार किलो घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित याकको चिजको अत्यधिक माग भए पनि उत्पादनमा ब्यापक ह्रास आएको जनाइएको छ । चिजको उत्पादन गर्न कठिन हुनका साथै याक पालन गर्ने तथा उत्पादन गर्नेको संख्या घटेकोले चिजमा ह्रास आएको हो ।

तीन दशकको अवधिमा ५८ हजार किलो चिज घटेको दुग्ध विकास संस्थानले बताएको छ । संस्थानका अनुसार २०४२/०४३ सालमा १ लाख १३ हजार किलो याकको चिज उत्पादन भएकोमा ०७३/०७४ सम्म आइपुग्दा ५५ हजार किलोमा सिमित भएको छ । “याकको चिज उत्पादनमा व्यापक ह्रास आएको छ,” संस्थानका उपमहाप्रबन्धक डा. ईश्वरीप्रसाद अधिकारीले भने, “अन्तर्राष्ट्रिय बजारमा भने, माग अत्यधिक रहेको छ ।” उनका अनुसार साउथ कोरिया, जापान, जर्मन तथा युरोपियन मुलुकहरुामा बढी माग रहेको छ । 
स्वच्छ र ताजा दूधलाई निश्चित तापक्रममा तताएर चिसो बनाएर सोमा जोरन र रेनेट राखि फटाएर डल्लो पारी तयार गरिने पौष्टिक खाद्य पदार्थलाई चिज भनिन्छ । जसलाई पौष्टिक तत्व तथा औषधिको रुपमा उपभोग गर्ने गरिएको छ ।

संस्थानका अनुसार उक्त चिज नेपालीहरुको लागि भने परम्परागत खाद्य पदार्थ नभई यो यूरोपियन अरवियन मुलुकबाट आएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालमा २००८ सालमा भूगर्भविद ड. टोनी हेगनको नेतृत्वमा स्वीस् नेपाल फरवर्ड टिमले नेपालमा विकासको सम्भावनाहरुको अध्ययन गर्ने क्रममा चौरी गाईको दूधबाट चिज बनाउन सकिने प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा रसुवा जिल्लाको उत्तरमा अवस्थित लाङटाँङ उपत्यकामा त्यसप्रकारको चिज उत्पादन गर्न सकिने जनाइएको संस्थानका उपमहाप्रबन्धक अधिकारीको भनाइ छ ।

उनका अनुसार त्यसपछि विश्व खाद्य संगठनको आर्थिक र स्विस सरकारको प्राविधिक सहयोगमा २००९ सालमा सोही स्थान लाङटाङको क्याङजिङगुम्बामा संसारकै उच्च स्थान (३८०० मि) मा रहेको नेपालको पहिलो चिज कारखनाको स्थापना गरिएको थियो ।

Global Ime bank

२०३५ साल सम्ममा रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सोलुखुम्बु जिल्लामा थप १० वटा चिज कारखनाको स्थापना गरिएको थियो । त्यसबाट बार्षिक १ लाख केजीभन्दा बढी याक चिजको उत्पादन तथा बिक्री भएको थियो ।

संस्थानका अनुसार २०४० को दशकसम्म पुग्दा याक चिजले मात्र नेपाली बजार धान्न नसकेपछि पूर्वको ईलाम, पाँचथर जिल्लाका उच्च पहाडी गाँउहरुमा ७ ओटा गाईको दुधबाट बन्ने कंचन चिज उत्पादन गनेर्  कारखनाहरुको स्थापना गरिएको थियो । हाल ती संस्थाहरुले बजारमा याक, कंचन, मोजरेला, प्रसेस्ड चिज, चिज स्प्रेड र पनिरको बिक्री गर्दै आइरहेको छ ।    
सरोकारवलाहरुका अनुसार याक पालन तथा याकको चिज उत्पादन गर्न गाह्रो हुने भएकोले किसानहरु उक्त पेशा परिवर्त गरी सजिलो पेशातर्फ आकर्षित हुँदै गएकोले उत्पादन घटेको हो । त्यस्तै सरकारले पनि घट्दो चिजको उत्पादन, व्यवस्थापन बजारिकरणप्रति ध्यान दिन नसकेको उनीहरुको गुनासो छ ।

यद्यपी ६५ वर्षपछि सोमबार याग चिजले अर्गानिक सर्टिफिकेट पाएको छ । यसबाट याग चिजको उत्पादन बढ्न तथा मुल्य (भ्यालु) बढ्नेमा चिज व्यवसायी, दुग्ध विकास संस्थान लगायत विश्वस्त रहेको जनाएको छ ।

त्यस्तै पशुपन्छी विकास मन्त्रालयले समेत याक तथा याकको चिजको उत्पादन बढाउनमा जोड दिदै समाधानको उपाय खोज्न छलफलको लागि संम्बन्धीत व्यवसायीलाई बोलाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १९:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय