site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अब ७६ सिटको परिणाम आउन बाँकी, भाजपाले जित्यो २१६ सिट

काठमाडौं । भारतीय लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ ।

नेपाली समयअनुसार मंगलबार राति १०:५० बजेसम्म ४६७ सिटको मत परिणाम सार्वजनिक भएको छ । अब ७६ सिटको मतपरिणाम मात्र आउन बाँकी छ ।

कुल ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो ।

भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २१६ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ८४ सिट जित हात पारेको छ ।

यसैगरी समाजवादी पार्टीले ३५ र अल इन्डिया तृणमुल कांग्रेस २७ सिटमा जित निकालेका छन् । द्रविड मुन्नेत्र कजगमले १३ सिट तथा जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro