site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका दुई मन्त्री राजीनामा बुझाउन मुख्यमन्त्रीको कार्यालय पुगेका छन् । 

एकीकृत समाजवादीबाट भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन पर्खिरहेका छन् । “मुख्यमन्त्री बाहिर जानुभएको रहेछ । हामी पर्खिरहेका छौँ,” लुंगेलीले भनिन् । 

मधेसमा जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार छ । केन्द्रीय सत्तासाझेदार दलहरूको सहमतिअनुसार मधेसबाट एकीकृत समाजवादी बाहिरिएको हो । यसअघि एमाले र माओवादी केन्द्रले त्यहाँ जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए । एकीकृत समाजवादीले भने कसको सरकार बनाउने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १८:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro