site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनलाई योगेशले भने– उच्छृंखल गतिविधि बन्द गर्नोस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले काम गर्ने क्रममा संयमता गुमाउँदै गएको आरोप लगाएको छ । महानगर र सडक विभागको विषयमा दोष र गाली जति पार्टी अध्यक्ष केपी शर्मा ओलीले किन खानुपर्ने भन्ने प्रश्न एमालेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका सचिव समेत रहेका सांसद योगेश भट्टराईले चुनाव जित्ने बित्तिकै मेयर बालेनलाई आफ्नो पार्टी अध्यक्ष ओलीले तबला उपहार दिएर त्यसको धुनमा काम गर्न अनुरोध गरेको बताए । तबलाको अर्थ करुणा प्रेम संयमता भएको भन्दै उनले भने, “तर, काठमाडौं महानगरपालिका प्रमुखले संयमता गुमाउँदै जानुभएको छ ।”

सांसद भट्टराईले महानगर प्रमुखले नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने भन्दै त्यो सभ्यतामाथि धावा बोल्ने काम गरेको उल्लेख गरे । २०५४ सालमा एमालेले चुनाव जितेपछि काठमाडौं सभ्य बनाउने, सफा, वैकल्पिक बाटो खोल्न वाग्मती, विष्णुमती र मनोहरा करिडोर बनाउने काम गरेको भन्दै उनले पहिला केशव स्थापित र पछि विद्यासुन्दर आएपछि भूकम्पपछिको पुनर्निर्माणमा भूमिका खेलेको बताए । “महानगर प्रमुखलाई सहयोग गर्न तयार छौँ । केपी ओली सरकारले बन्चरे डाँडा बनाएको हो, त्यहाँसम्मको बाटो बनाएको हो,” उनले थपे ।

उनले विद्यासुन्दर शाक्यले १५ अर्ब जोगाएर गएको भन्दै थपे, “म बालेनजीलाई भन्न चाहन्छु– पैसा कति चाहिन्छ ? सरकार दिन तयार छ । काठमाडौं सुन्दर बनाउन तपाईंको योजना के छन्,आउनुहोस् सँगै काम गरौँ ।” 

भट्टराईले उत्तेजना फैलाउने, उच्छृंखल गतिविधि गर्ने काम बन्द गर्न मेयर शाहलाई चेतावनी दिँदै भने, “तपाईंमार्फत लाखौँ युवाहरूले भविष्य खोजेको हो । पछिल्लो दिनमा तपाईं जसरी जाँदै हुनुहुन्छ युवाहरूको सपना लतार्दै हुनुहुन्छ ।”

बालेनले नेताहरू जेल बसेको कुरा मजाकमा उडाएको विषयमा पनि उनले ठाडो आपत्ति जनाए । केपी ओली, शेरबहादुर देउवा, माधव नेपाल, अशोक राई, उपेन्द्र यादव, महन्थ ठाकुर जस्ता नेता जेल बसेको र उत्तराधिकारीका रूपमा रहेका दोस्रो पुस्ताले आन्दोलन गरेर यो व्यवस्था ल्याएको उनले स्मरण गराए । “उनीहरूले लडेर ल्याएको व्यवस्थामा काठमाडौं महानगरपालिका प्रमुख तपाईं हुनुभएको छ । अनि त्यी नेताहरू जेल बसाइलाई मजाकमा उडाउने ?,” उनले भने, “त्यो मानिस मात्र देशभक्त हुन्छ जसले आफ्नो संस्कृति र इतिहासमाथि गर्व गर्छ । कसैले भर्त्सना गर्छ भने त्यो नागरिक कसरी देश भक्त हुन्छ ?”

ओली जेल बसेको कुरा उडाएको भन्दै उनले भने, “यदि यस ढंगले भण्डाफोर गर्ने भए आफ्नै आमाको अस्तित्वमाथि चिथोर्दै हुनुहुन्छ । यी नेतालाई बदनाम गर्नु आफ्नै आमाको अस्मिता नग्याउनु हो ।”

उनले बालेनलाई आफ्नै आमाको अस्मिता नङ्ग्याउँदै हुनुहुन्छ भने यो समाजलाई कतातर्फ लादै हुनुहुन्छ भन्ने प्रश्न उनले गरे । कानुनी सिमा र अधिकारभित्र बस्न भन्दै उनले भने, “यो देशको व्यवस्था ल्याउन लडेका एमाले नेताहरूलाई गाली गर्नु भनेको आफैँ आकाशतिर फर्केर थुकेपछि कहाँ झर्छ भन्ने बालेनजीलाई थाहा हुनुपर्छ ।”

उनले आफूलाई बालेनको साइबर ग्याङले लखेटे पनि त्यसले राजनीति नटिक्ने, नथामिने उल्लेख गरे । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro