site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार तीन नेताबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको थियो । सोमबारै बालुवाटारमा तीन प्रमुख राजनीतिक दलका नेताहरूबीच करिब तीन घण्टा भेटवार्ता भएको थियो । त्यसपछि सिंहदरबारमा सत्तासाझेदार दलका तीन नेताबीच भेटवार्ता भएको हो ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । लगत्तै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता भएको हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro