site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटले जनताको निराशा चिर्न र विकल्प दिन सकेन : सांसद पोखरेल 

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले बजेटले जनताको निराशा चिर्ने र जनतालाई विकल्प दिने बाटो पहिल्याउन नसकेको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले कार्यशैली र मनोविज्ञान नबदले रुपान्तरण गर्न नसक्ने भन्दै नागरिकलाई विकल्प दिने काम बजेटको भएको बताए । उनले बहुदल र संघीयता आएपछि आमनागरिकमा असन्तुष्टि, निराशा किन छ ? भन्ने प्रश्न गर्दै नीति तथा कार्यक्रम र बजेटमार्फत त्यसलाई सम्बोधन हुने गरी बजेट ल्याइनुपर्ने धारणा राखे ।

उनले बजेटको अध्ययन अनुसन्धान कहाँ कसले गर्‍यो, तथ्य र प्रमाण के हुन् भन्दै बजेटमा जवाफदेहिता कसको हुन्छ भन्ने प्रश्न तेर्साए । “बजेट प्रस्तुत गरेका छौँ । तर, जवाफदेही र जिम्मेवारी ग्रहण गर्न सकेनौँ गम्भीर भुल हो,” उनले भने । 

संसद्को सार्वजनिक लेखा समिति सभापति समेत रहेका उनले राजस्व १२ खर्ब ६० अर्ब उठाउने भन्दैमा नबढ्ने भन्दै अनेक प्रश्न गरे । “राजस्व कसरी बढ्छ अध्ययन अनुसन्धान कहाँ भयो ? यसमा प्राविधिक परिवर्तन आधार तय गर्‍यौँ ? चुहावट रोक्न केही गर्‍यौँ ?,” उनले प्रश्न गरे, “कर तिर्नेले खुसीले तिर्न पाउने परिस्थिति बन्यो ? कर प्रणालीलाई छलफल गर्ने अधिकार संसद्लाई छ कि छैन ?” 

उनले ऋण लिएर ऋणकै सावाँ व्याज तिर्न बन्द गर्नुपर्ने भन्दै वैदेशिक अनुदान मुलुकको टेजरीमा कसरी ल्याउने ? भन्ने विषयमा छलफल हुनुपर्ने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro