देश
काठमाडौं । सशस्त्र प्रहरीले उदयपुरमा ३०० किलो गाँजा बरामद गरेको छ । बेलका नगरपालिका–८, सिसौलिघाटस्थित सुरक्षा बेस रामपुरबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा आज साँझ गाँजा बरामद गरेको हो ।
सिसौलिघाटको जंगलमा सात वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
आइतबार बिहान पनि सोही स्थान नजिकै २८० केजी गाँजा बरामद भएको थियो । सो स्थानमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि खोजतलासका क्रममा बरामद गरिएको उनको भनाइ छ । बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१ २२:५१
प्रतिक्रिया दिनुहोस्