site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलवायु परिवर्तनको असरबारे संसद्‌भित्र छलफल गरौँ : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असरहरूको सम्बन्धमा संसद्‌भित्र छलफल गर्नुपर्ने बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरूका सम्बन्धमा संसद्‌मा छलफल हुनुपर्ने बताएका हुन् ।

उनले यसको सम्बन्धमा संसद्को भूमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए । जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसद्ले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने उनको भनाइ छ ।

"सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहान्छु कि, ०७८ साल असार १ गते जुन बाढी, पहिरो आयो सबैभन्दा पहिला त त्यो करिडोर क्षेत्रका इन्द्रावती र मेचम्ची क्षेत्रका बासिन्दाहरूले पाउनुपर्ने क्षतिपूर्ति र राहतलगायतका विषयहरूका बारेमा कुनै सम्बोधन भएको छैन । यसका बारेमा सम्बोधन होस् । त्यो सँगसँगै आउँदै गरेको वर्षात्का जोखिमहरू र त्यसका पूर्वतयारीका बारेमा सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण होस् । सरकारले यसबारेमा सोचोस्," उनले भने ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro