site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो !
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ ।

“धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो,” यात्री मञ्जु शाहीले भनिन्, “नेलपलिसको गन्धका कारण विमान फर्काइएको हल्ला चल्यो छ । विमानको प्राविधिक परीक्षणपछि उडाउने भनिएको छ ।”

यात्रीलाई यात्री ओसार्न प्रयोग हुने बसमा राखिएको छ । विमानको  ८ः२५ बजेको उडान तालिका थियो ।

एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको बताए । अर्को विमानबाट यात्रीलाई गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro