site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच के भयो कुराकानी ?
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले जानकारी दिए । 

भेटमा आइतबारबाट संसद्‌मा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको छ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बूढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरूको बैठमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ । 

Dabur Nepal
NIC Asia

सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा सहभागी भएको विषयलाई नेकपा एमालेले गम्भीरताका साथ लिएको छ । छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भने, “समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।”

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरूको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको बताएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu