site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एलजीको ‘खेल्छ नेपाल घर–घरमा’ योजना सार्वजनिक

काठमाडौ । एलजीले ‘खेल्छ नेपाल घर–घरमा’ नामक योजना अघि सारेको छ । यस योजनाअन्तर्गत ग्राहकले एलजी टीभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन् ।

योजनाअनुसार कुनै पनि एलजी टीभी खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र एक लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बिमा उपलब्ध छ । साथै, एलजी ओलेड टीभी वा ८६ इन्चको टीभी खरिदमा एलजी साउन्डबार एसएनफोर उपहार सित्तैमा पाइनेछ । आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदै छ । नेपालले सन् २०१४ पछि दोस्रोपटक वर्ल्ड कपमा भाग लिँदैछ ।

Dabur Nepal
NIC Asia

कम्पनीका अनुसार ३२ इन्चदेखि ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टीभीहरू ओलेड, क्युनेड, सुपर यूएचडी, यूएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् ।

एलजीका क्युनेड टीभी, यूक्यु र यूआर सिरिज अन्तर्गतका यूएचडी टीभीहरूमा तीन वर्षको वारेन्टी रहेको छ । र, कुनै पनि एलजी टीभी खरिदमा एक लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकवर्गहरूले यो बिमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति  दाबी गर्न सक्नेछन् । यसका साथसाथै शून्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पूरानो सामान एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

यो योजना जेठ १७ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागु गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro