site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंक र अनमोल डेन्टल हबबीच छुट समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको भरतपुरस्थित अनमोल डेन्टल हबबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकहरूलाई अनमोल डेन्टलका सेवाहरूमा छुट हुनेछ ।

समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सो डेन्टल हबका सेवाहरूमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा कार्यालय, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro