site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हङकङमा लोकतन्त्र समर्थित १४ जना दोषी ठहर
ली यु शुन । तस्बिर : रोयटर्स ।

हङकङ । हङकङको अदालतले बिहीबार लोकतन्त्र समर्थित १४ कार्यकर्तालाई दोषी ठहर गरेको छ । चीनले बनाएको पछिल्लो कानुनानुसार उनीहरूलाई दोषी ठहर गरिएको हो ।

दोषी ठहर गरिएकामा पूर्वसांसद लेउङ कोक हङ, लैम चेउकटिङ, हेलेना वोङ, रेमङ्ड चैनलगायत व्यक्ति छन् । त्यससम्बन्धी सुनुवाइ तीन न्यायाधीशको बेन्च रहेको इजलासमा गरिएको थियो । ती न्यायाधीशको इजलासले पूर्वजिल्ला काउन्सिलर ली यु शुन र लरेन्स लाउलाई भने रिहा गरेको छ ।

उक्त मुद्दामा दोषी ठहर १४ जनालाई आजीवन कारावास हुन सक्ने जनाइएको छ । यी १४ जना लोकतन्त्र समर्थित ४७ व्यक्तिमध्येका हुन् । सन् २०२१ मा एक अनौपचारिक प्राइमरी चुनावमा सामेल भएको विषयमा उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो । अभियोजन पक्षले उनीहरूमाथि हङकङको सरकार गिराउन खोजेको आरोप लगाएको छ । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro