site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आमाबुबाको बेमेलले १० वर्षसम्म जन्मदर्ता पनि हुन सकेन, विद्यालय भर्ना छुट्यो 

काठमाडौं । पश्चिम रुकुमका १० वर्षीय बालक रोशन हमाल आमाबुबाको सहारामा स्कुल जानुपर्ने हो । तर, १० वर्षपुग्दा पनि उनी स्कुल भर्ना हुनबाट वञ्चित छन् ।

आमाबुबाको माया आवश्यक रहेका बेला आमा विमला बिसी र बुबा रेशम हमालबीचको विवादले उनको बाल मस्तिष्कमा मात्रै असर गरेको छैन कि स्कुलबाट समेत वञ्चित हुनुपरेको छ ।

आमाबुबाकै बेमेलका कारण रोशन बेबारिसे अवस्थामा पुगेको उनका मामा सुरेन्द्र बिसी बताउँछन् । भन्छन्, “स्कुल पठाउन खोज्दा जन्मदर्ता आवश्यक पर्छ भनेपछि भर्ना गर्न सकिएको छैन । जन्मदर्ताका लागि अदालत धाउँदा धाउँदा थाकिसक्यौँ ।”

पश्चिम रुकुमको मुसिकोट नगरपालिका–१ का विमला र पूर्वी रुकुमको सिस्ने–५ का रेशम हमालबीच २०७० मा विवाह भयो । उनीहरूले प्रेम विवाह गरेका थिए । विवाहको एक वर्षपछि २०७१ असार १५ मा रोशनको जन्म भयो । रोशनको जन्म हुँदासम्म विमला र रेशमको सम्बन्ध राम्रै थियो ।

रोशनको जन्म जिल्ला अस्पताल रुकुममा भएको हो । रोशन जन्मिएको करिब तीन महिनापछि रेशमले विमलाको कोखबाट जन्मिएको रोशन आफ्नो छोरा नभएको जिकिर गर्न थालेको उनका परिवारको दाबी छ । त्यही विवादले विमला र रेशम सँगै बस्न नसक्ने अवस्थामा पुगे । विमला रेशमको घर छाडी माइतीमा बस्न थालिन् । विमला र रेशमको विवाह दर्ता भएको थिएन ।

विमला छोरा पाल्दै माइती बस्न थालिन् । छोराको जन्मदर्ता र नाता प्रमाणका लागि रेशमलाई गुहार्न थालिन् । तर, रेशम विवाह जन्मदर्तादेखि नाता प्रमाणित कुनै कुरा गर्न पनि तयार नभएको विमलाका आफन्तको भनाइ छ ।

...अनि अदालतको ढोका पुगिन्

आफ्नो कोखबाट जन्मिएको रोशनको जन्मदर्ता गर्न रेशम नमानेपछि विमला वाध्य हुँदै नाता कायम गर्न अदालतको ढोका ढकढक्याउन पुगिन् ।

विमलाको मागअनुसार जिल्ला अदालत रुकुमले २०७२ असार २२ मा रेशम र रोशन बाबु–छोराको नाता कायम हुने फैसला गर्‍यो । तर, अदालतले फैसला गर्दासमेत रेशम रोशनलाई छोरा स्वीकार गर्न तयार भएनन् ।

उनी जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न २०७२ असोज २४ मा उच्च अदालत दाङ, तुलसीपुर पुगे । रेशमले पुनरावेदन गरेको करिब दुई वर्षपछि २०७४ जेठ २१ मा उच्च अदालतले समेत विमलाकै पक्षमा फैसला गर्दै जिल्लाकै फैसलालाई सदर गरिदियो ।

यसरी दुई तहको अदालतले नाता कायम गर्दा पनि रेशमले रोशनलाई छोरा स्वीकार गर्न मानेका छैनन् । बरु रेशम फेरि दुवै तहको फैसला दोहोर्‍याइ हेरिपाऊँ भन्दै २०७४ पुस १६ मा सर्वोच्च पुगे ।

तर, सात वर्ष पुग्दा पनि सर्वोच्च अदालतले कुनै फैसला गर्न सकेको छैन । उता रेशम भने सर्वोच्चको फैसला नआउँदासम्म कुनै नाता कायम गर्न नसक्ने भन्दै पन्छिएका मात्रै छैनन् कि उनले अर्को बिहेसमेत गरिसकेका छन् ।

अर्को श्रीमतीबाट समेत उनको छोरा भइसकेको बिमलका आफन्त बताउँछन् । सर्वोच्चमा हासम्म ३४ पटक पेसी चढ्दा पनि हेर्न नभ्याउने भन्दै सारिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro