राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकार जोगाउन प्रतिपक्षमा रहेका दलहरू एक ठाउँमा उभिने बताएका छन् ।
बुधबार साँझ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)सहित प्रतिपक्ष दलहरूको छलफलबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय राजनीतिमा पनि अब एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने बताए ।
“अहिले भइरहेको समसामयिक राजनीतिक परिप्रेक्षमा प्रतिपक्ष राजनीतिक दलहरू एक हुने सहमति नै छ । भेटमा मधेस सरकारको विषय पनि उठ्यो । त्यहाँ पनि हामी एक ठाउँमा हुन्छौँ,” उनले भने ।
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १९:००
प्रतिक्रिया दिनुहोस्