site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीलाई धेरैले मिलेर ‘कच्याककुचुक’ पार्न खोजेका छन् : ओली 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक शक्तिको रूपमा विकास गरिने बताएका छन् ।

बुधबार काठमाडौंको कमलादीमा आयोजित कार्यक्रममा उनले पार्टीलाई ‘कच्याककुचुक’ बनाउने प्रयास भएको बताए । “हामीले केही बदलेका छौँ । बदल्न पुगेको छैन । हामी अझै सुदृढ भइसकेको छैनौँ । यो राष्ट्रिय शक्तिलाई धेरैले मिलेर कच्याककुचुक पार्न खोजेका छन्,” उनले भने, “यो राष्ट्रिय शक्तिलाई कसैले कच्याककुचुक पार्ने होइन । निर्णायक शक्तिका रूपमा विकास गर्नेछौँ ।” 

ओलीले नयाँ पिँढी देखिँदैनन् भन्नेहरूलाई कलेजमा स्ववियु चुनावमा गएर हेर्न भने । पार्टीको विद्यार्थी संगठनले जित्ने कलेजमा चुनाव नै नहुने गरेको बताए । “नयाँ पिँढी देखिँदैन, कता गयो । नयाँ पिँढी कहाँ छ भन्ने जाँच्न कलेजका युनियनको चुनावमा आउनुस्,” उनले भने, “अनेरास्ववियुले जित्ने कलेजमा चुनाव हुँदैन ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu