site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् ।  निर्माण पक्षले फिल्मका लागि मुख्य भूमिकामा यसअघि गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित गराएको थियो । यस्तै विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको छ । 

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा छ । निर्माता विनोद पौडेलका अनुसार जेठ २१ गतेबाट छायांकनमा जाने तयारीमा छ । 

सरोज पौडेलको लेखन तथा निर्देशक रहने चलचित्रले मौलिक कथा उठान गर्नेछ । चलचित्र आउँदो वर्ष रिलिज हुनेछ । 

चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro