काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बजेटले सामान्य मलहमपट्टीबाहेक कुनै अग्रगामी फड्कोको संकेत नगरेको टिप्पणी गरेका छन् । देशको अर्थतन्त्र लामो समयदेखि गम्भीर संरचनात्मक संकटमा रहेको बताउँदै उनले बरू वर्तमान गठबन्धन सरकारको अन्तरनिहीत चरित्रझैँ आआफ्नो चुनावी आधार अनुकूल वाम र दक्षिण पपुलिज्मको खोलभित्र यथास्थितिलाई निरन्तरता दिने काम मात्रै गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, “पूर्वअनुमान गरिएझैँ विगतमा जस्तै यो वर्ष (२०८१/०८२) को बजेटबारे पनि सत्तापक्षले ‘सबै ठीकठाक’ र प्रमुख विपक्षीले ‘कार्यान्वन चुनौतीपूर्ण’ (अर्थात् मूल प्रवृत्ति ठीकै छ) भनेको सुनियो, यसरी हाम्रो वर्तमान मूलधारको राजनीतिक नेतृत्व देशको कछुवा गतिको विकासभन्दा बाहिर सोच्न सक्दैन र चाहँदैन पनि ।”
उनले उदाहरण नै दिएर गरिबी, बेरोजगारी, परनिर्भरता र बहुआयामिक असमानताको दुष्चक्रमा फसेको अर्थतन्त्रमा विगतकै ढाककचामा राखेर कसरी ‘आर्थिक सुधार’ हुन्छ भन्दै प्रश्न गरेका छन् ।
यस्तो छ उनको पोष्ट
पूर्वअनुमान गरिएझैँ विगतमा जस्तै यो वर्ष ( २०८१/०८२) को बजेटबारे पनि सत्तापक्षले ‘सबै ठीकठाक’ र प्रमुख विपक्षीले ‘कार्यान्वन चुनौतीपूर्ण’ (अर्थात् मूल प्रवृत्ति ठीकै छ) भनेको सुनियो । यसरी हाम्रो वर्तमान मूलधारको राजनीतिक नेतृत्व देशको कछुवा गतिको विकासभन्दा बाहिर सोच्न सक्दैन र चाहॅदैन पनि ।
परन्तु गहिराइमा गएर हेर्ने हो भने एन्डरसनको कथा भ्mउभचयच’क ल्भध ऋयितजभक को बालकलेझैँ भन्नैपर्छ ( देशको अर्थतन्त्र लामो समयदेखि जुन गम्भीर संरचनात्मक संकटमा छ यो वर्षको बजेटले पनि त्यसमा सामान्य मलहमपट्टी बाहेक कुनै अग्रगामी फड्कोको संकेत गरेको छैन । बरू वर्तमान गठबन्धन सरकारको अन्तरनिहीत चरित्रझैँ आआफ्नो चुनावी आधार अनुकूल वाम र दक्षिण पपुलिज्मको खोलभित्र यथास्थितिलाई निरन्तरता दिने काम मात्रै गरेको छ ।
केही उदाहरण हैरौं–
हाम्रो जस्तो गरीबी,वेरोजगारी,परनिर्भरता र बहुआयामिक असमानताको दुष्चक्रमा फसेको अर्थतन्त्रमा विगतकै ढाककचामा चालु खर्च ६१.३१%, पुककजीगत खर्च १८.९४% र ऋणभुक्तानी १९.७४% कायम राखेर कसरी ‘आर्थिक सुधार’ हुन्छ ?
भर्खरै संघीय ढाककचामा गएको देशमा प्रदेश र स्थानीय तहको निम्ति राजस्वको बाककडफाककड र अनुदानको रकम पोहोर भन्दा घटाएर कसरी विकासको जग बलियो हुन्छ ?
‘कृषि दशक’ घोषणा गर्ने तर कृषिमा बजेट विनियोजन घटाउने र वैज्ञानिक भूमिसुधार लगायत कुनै संरचनात्मक सुधार नगर्ने कस्तो छलकारी तरिका हो ?
आईटी क्षेत्र विकासमा जोड र दशक घोषणा सकारात्मक लाग्छ ! तर हाम्रो जस्तो अल्पविकसित देशमा शिक्षा क्षेत्रको बजेट १५–२०% हुनुपर्नेमा पहिले भन्दा पनि तल अर्थात् १०.९% मा झार्नु र शिक्षा क्षेत्रमा टालटुले सुधार बाहेक आमूल रूपान्तरणको कुनै छनक नआउनु कस्तो विरोधाभाष हो ?
रोजगारी वृद्धिवारे कतिपय कर्णमधूर पदावली भए पनि हामीलाई तत्काल आवश्यक पर्ने बर्षेनी ५–७ लाख उत्पादनमूलक नयाकक रोजगारीको भरपर्दो योजना खै? ६ अर्बको बजेट विनियोजनले २ लाख रोजगारी सिर्जना गर्ने कस्तो तिलस्मी अर्थशास्त्र हो ?
बर्षेनी चुलिंदो व्यापार घाटा न्यूनीकरण गर्ने, कस्सिंदो ऋण–पासो खुकुल्याउने, औद्योगीकरणको मन्द वा ऋणात्मक गति द्रूत गतिमा सल्टाउने, बैंक तथा वित्तीय संस्थाको पासोमा फसेका लाखौं साना तथा मध्यम व्यवसायीको उद्धार गर्ने, निजी क्षेत्रको मनोवल र विश्वास बढाउने, ठूलो मात्रामा वैदेशिक लगानी आकर्षित गर्ने र मुख्य रूपमा ‘दुइ अंकको वृद्धिदर दुइ दशक निरन्तर’ हासिल गरेर देशलाई अहिलेको अति कम विकसित अवस्थाबाट विकसित देशको चरणमा फड्को हान्ने मार्गचित्रको खाका वा कमसेकम पत्यारिलो चासो र चिन्ता खै ?
अतः दुखसाथ भन्नुपर्छ– इट इज मोर अफ द सेम