site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
डिजिटल नेपाल फ्रेमवर्कका लागि ५९ करोड विनियोजन 

काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गर्ने बताएको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । 

यसको कार्यान्वयन र अनुगमन गर्ने संस्थाको व्यवस्था गरिने उनले बताए । यो आयोजनाका लागि सरकारले ५९ करोड रकम विनियोजन गरेको छ । 

काठमाडौं उपत्यका र बुटवलमा उपलब्ध सरकारी र निजी तथा सरकारी भवनमा उच्च गतिको इन्टरनेट, विद्युत् र सुरक्षासहित सूचना प्रविधि पार्क सञ्चालनको काम अगाडि बढाइने उनले बताए । तीन वर्षका लागि वर्कस्टेसनका रूपमा निःशुल्क स्थान उपलब्ध गराइने उनले बताए ।

काठमाडौंको डिल्ली बजारको चारखालमा अत्याधुनिक सूचना प्रविधि हबका लागि सरकारी र निजी सहकार्यमा संरचना निमार्ण गरिने उनले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro