प्रविधि
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्ष मानेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको बताए ।
आईटी क्षेत्रलाई अर्थतन्त्रको संवाहक रूपमा मानिने र यस क्षेत्रमा नीतिगत स्थायित्व, इन्टरनेट, डाटादेखि वौद्धिक सम्पत्ति संरक्षण प्रदान गरिने उनले बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १५:४४
प्रतिक्रिया दिनुहोस्