site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी टी–२० विश्वकप वार्मअप खेल : क्यानडासँग नेपाल पराजित
Tiktok banner adTiktok banner ad

काठमाडौं । ट्वान्टी २० विश्वकपअघिको पहिलो वार्मअप खेलमा क्यानडासँग नेपाल ६३ रनले पराजित भएको छ ।

सोमबार डल्लासमा भएको खेलमा क्यानडाले प्रस्तुत गरेका १८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।

नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । अनिल साहले २४, आसिफ सेखले २२ र कुशल भुर्तेलले १० रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न क्यानडाका डिलोन हाइलिजरले चार विकेट लिए । २.३ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । साद बिन जफर र जेरेमी गोर्डोनले समान दुई विकेट लिँदा पर्गत सिंह, कलिम सानाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८३ रनको योगफल खडा गरेको थियो ।

ब्क्यानडाका निकोलस किर्टोनले ५२ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । रवीन्द्रपाल सिंहले ४१, डिलोन हाइलिजरले १३, नवनित धनिवालाले ३२, पर्गत सिंहले १३ र आरोन जोन्सनले १० रन थपे ।

नेपालका अभिनाश बोहराले दुई विकेट लिए । करण केसी, सोमपाल कामी, गुल्सन झा, सागर ढकाल र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।

नेपालले अब दोस्रो वार्मअफ खेलमा बिहीबार अमेरिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro