खेल
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले ट्वान्टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी भएको बताएका छन् । सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो बताएका हुन् ।
उनी लेख्छन्, “साँच्चै भन्नुपर्दा मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।”
बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकपका निम्ति अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो । तर, भिसा नपाएपछि सन्दीप नेपालमै रोकिएका हुन् । क्यानले उनलाई अमेरिका पठाउने प्रयास गरिरहेको बताए पनि भिसा समस्याका कारण सन्दीपको सहभागिता अनिश्चित बनेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१ १६:०१
प्रतिक्रिया दिनुहोस्