site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार सवारीसाधन दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । मृत्यु हुनेमा प्युठानको नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षीय सोयन पुन र ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित राम्चेका २१ वर्षीय राजन सुवेदी छन् । 

पुनको राति नै मृत्यु भएको हो भने सुवेदीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ८ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–२९, सत्रकिलोमा मध्यराति चारवटा सवारी साधन एकापसमा ठोक्किएको थियो । दुर्घटनामा घाइते अन्य २१ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

रिजालका अनुसार काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जान आउँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस एकापसमा ठक्कर खाएका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro