site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गोरखाको साम्दोमा सशस्त्र प्रहरीको बीओपी स्थापना
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा बोर्डर आउट पोष्ट (बीओपी)को स्थापना गरेको छ । आइतबार (जेठ १३) साम्दोमा स्थापना गरेसँगै चीनतर्फ बीओपीको संख्या १० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बीओपी सदरमुकाम गोरखा बजारबाट करिब १ ६४ किलोमिटर उत्तरतर्फ रहेको छ ।

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बीओपीले विपद्जन्य घटनाहरू हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवान्छित क्रियाकलाप न्युनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा इलाकाको निगरानीलगायत कार्यहरू गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

बीओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ ।  यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङको ओलाङचुङगोलासहित नौ स्थानमा  बीओपी स्थापना गरिसकेको छ । हाल भारततर्फ २४४ र चीनतर्फ १० गरी बीओपीको संख्या २५४ पुगेका सहप्रवक्ता थापाले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय