site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

हेटौँडा । वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेशसभामा यसअघि आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आउँदो आवको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको थियो । आज प्रस्तुत गरिने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ ।

प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डका रूपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आउँदो आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro