site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोको हरामको आक्रमणमा १० जना मारिए, १६० गाउँले अपहरित

नाइजर । नाइजेरियाको नाइजर स्टेटमा हतियारधारीले आक्रमण गर्दा १० जना मारिनुका साथै १६० गाउँले अपहरणमा परेका छन् । उक्त आक्रमण नाइजेरियाको मिलिट्यान्ट इस्लामिस्ट ग्रुप (बोको हराम)ले  गरेको मानिएको छ ।

ठूलो संख्यामा आएका उनीहरूले स्थानीय कुची गाउँ शुक्रबार राति कब्जामा लिएको स्थानीय अधिकारीले बताएका छन् ।

अपहरणमा परेका मानिसमा अधिकांश महिला र केटाकेटी छन् । मारिनेमा स्थानीय सुरक्षाकर्मी पनि छन् ।

मोटरसाइकलमा आएर उनीहरूले अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरूले करिब दुई घण्टा त्यहाँ खाना पकाउने, चिया बनाउने र घरमा लुटपाट गरेर बिताएको जनाइएको छ । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro