site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईपीएलको उपाधि जित्न कोलकाताले पायो ११४ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सविरुद्ध ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार चेन्नाईमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको हैदराबादले १८.३ ओभरका सबै विकेट गुमाएर ११३ रनमात्र बनाएको हो ।

Argakhachi Cement Island Ad

हैदराबादका कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए । आइदेन मार्करमले २०, हेनरिक क्लासेनले १६ र नितिश कुमार रेड्डीले १३ रन थपे ।

हैदराबादलाई कमजोर योगफलमा रोक्न कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । मिचेल स्टार्क र हर्षित रानाले समान दुई विकेट लिँदा वैभव अरोरा, सुनिल नारिन र वरुण चक्रवर्तीले समान एक विकेट लिए ।

आईपीएलको इतिहासमा फाइनलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो ।
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्