विदेश
नयाँ दिल्ली । भारतका सेना प्रमुख मनोज पाण्डेको कार्यकाल एक महिनाका निम्ति बढाइएको छ । मन्त्रिपरिषद्को नियुक्ति समितिले यसलाई मन्जुरी दिएको छ । उनी अब आउँदो जुन ३० सम्म उक्त पदमा रहन सक्नेछन् ।
यसबारेमा जारी विज्ञप्तिमा उल्लेख छ, “चिफ अफ आर्मी स्टाफको कार्यकाल एक महिनाका लागि बढाइएको छ । नियम १६ ए (४) अनुसार उनको कार्यकाल सामान्यभन्दा बढाइएको हो ।”
पाण्डेले यही मे ३१ मा सेना प्रमुख पदबाट अवकाश पाउँदै थिए । उनी सन् २०२२ अप्रिल ३० मा सेना प्रमुख भएका हुन् । बीबीसी हिन्दीबाट ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ १९:३६
प्रतिक्रिया दिनुहोस्