site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार पेलेरै जान्छ भने चुनौती सामना गर्न कांग्रस तयार छ : कृष्णप्रसाद सिटौला
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामना गर्न तयार रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले कांग्रेससहितका प्रतिपक्ष दलहरुले संसद्‌मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए । सरकार पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने उनको चेतावनी छ । 

उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए । जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने भन्दै उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्‌मा निरन्तर उठाउनुपर्ने बताए । 

उनले कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस नगरेको भन्दै आमजनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको बताए ।

“सरकारले जनताको हितमा काम गर्नुपर्छ। संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसद्‌मा निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो । सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । प्रतिपक्षले प्रतिपक्षमा नेपाली कांग्रेसबाहेकका केही दलहरु पनि छन् । प्रतिपक्षले संसद्‌मा जनताका आवाज उठाइरहेको छ । आवाज बुलन्द गरेको छ । सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ । सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतीलाई सामना गर्नेछौँ । हामीले भनेका पनि छौँ । सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने कांग्रेस तयार छ । कांग्रेस सहेर त बस्न सक्दैन । कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस गरेको छैन, आमजनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको छ,” उनले भने । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro