site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्याज पाँच वर्षयताकै महँगो, किन बढ्छ मूल्य ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्याजको भाउ नेपाली बजारमा पाँच वर्षयताकै महँगो छ । नेपाली प्याजको बजार भारतमा निर्भर हुने भएकाले पछिल्लो समय भारतमै प्याजको अभाव भई नेपालमा पनि मूल्य बढेको हो । 

केही दिनयता भारतीय बजारमा प्याजको भाउ केही घटेपनि नेपाली बजारमा भने त्यसको प्रभाव नपरेको व्यवसायीहरुको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार अहिलेको प्याजको भाउ पाँच वर्षयताकै महँगो हो । हाल प्याजको प्रतिकिलो थोक मूल्य ९३ रुपैयाँ र खुद्रा मूल्य १६० रुपैयाँसम्म छ । यो मूल्य गएको पाँच वर्षको अवधिको तुलनामा झण्डै दोब्बर हो । 

गएको वर्ष यसै अवधिमा प्याजको प्रतिकिलो थोक मूल्य २५ रुपैयाँमात्र रहेको समितिको तथ्यांक छ । त्यस्तै, अघिल्लो वर्ष यसै अवधि (मंसिर तेस्रो साता) प्याजको प्रतिकिलो थोक मूल्य ४४ रुपैयाँ थियो । ०७१ र ०७० को यसै अवधिमा भने क्रमशः ३८ र ४८ रुपैयाँ रहेको देखिन्छ । 

Global Ime bank

केन्द्रीय फलफूल तथा तरकारी थोक बजार व्यवसायी संघ नेपालका अध्यक्ष अर्जुन सिलवालले नेपालमा उपभोग गरिने प्याज ९५ प्रतिशत भारतदेखि भित्रिने बताए । “नेपालमा उपभोग गरिने प्याजको बजार भारतमा निर्भर छ,” उनले भने, “भारतीय बजारमा थोरैमात्र मूल्यमा घटबढ भए सोझै नेपाली बजारमा प्रभाव गर्छ । अहिले भएको त्यस्तै हो ।” उनका अनुसार अहिले भारतमा प्याज अभाव भएका कारण प्याज संकटकाल घोषणा गरिएको छ । त्यसले अझै केही समय नेपाली बजारलाई असर पार्ने उनको बुझाइ छ ।

भारत सरकारले आफ्ना नागरिकलाई सहजै प्याज उपलब्ध गराउन नश्चित मूल्य तोकेर खरिद गरिरहेको छ । भारतबाहिर निर्यात गर्न भने प्रतिकिलो ५६ भारु मूल्य तोकिएको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले पनि प्याजको भाउ भारतीय बजारमा निर्भर रहेको बताए । बजारमा हुने प्याजको मूल्यको उत्तरचढावको बारेमा भने केही भन्न नसकिने उनी बताउँछन् । “कहिले महँगिन्छ अथवा घट्छ, थाहै हुँदैन । भारतीय बजारले नै यसको तय गर्छ,” उनले भने । भारतबाट आयात कम भएकाले मूल्य बढेको उनको भनाइ छ । 

चालु आर्थिक वर्षको तीन महिनामा भारत र चीनबाट झन्डै १ अर्ब रुपैयाँबराबरको २९ हजार २० टन प्याज आयात गरिएको भान्सार विभागको तथ्यांक छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय