site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको छ । सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएपछि कांग्रेसका सांसद उठेर नाराबाजी गरेका हुन्  । 

बैठक सुरू भएलगत्तै कांग्रेससहितका प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । यसपछि सभामुख घिमिरेले राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)लाई बोल्न समय दिए । उनले आफ्नो धारणा राखेपछि सभामुख घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेलगत्तै कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन् । 

कांग्रेसले सहकारी बचत अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । सत्तापक्ष नाम किटान गर्न नहुने अडानमा छ । दुवै पक्ष अडानमा कायमै रहँदा सदनको गतिरोध अन्त्य हुनसकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro