खेल
काठमाडौं । फाइनलमा लियोनविरुद्ध २–१ को जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपको उपाधि जितेको छ ।
शनिबार डेकाथलोन एरिना स्टेड पियरे मौरोयमा भएको फाइनल पीएसजीलाई जित दिलाउन उस्मान डेम्बेले र फाबियम रुइजले गोल गरे ।
२२औँ मिनेटमा उसामाने डेम्बेलेले गोल गरेपपछि पीएसजीले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ३४औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
खेलको ५५औँ मिनेटमा लियोनका लागि जेक ओ–ब्रायनले गोल गर्दै अग्रता पीएसजीको २–१ मा झारे पनि हार टार्न भने सकेनन् । यो पीएसजीले जितेको १५औँ फ्रेन्च कपको उपाधि हो ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ ०९:३२
प्रतिक्रिया दिनुहोस्