site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिभरपुल र केर्केजबीच पाँच वर्षको निम्ति सम्झौता

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले जर्मन क्लब बुरुसिया डोर्टमान्डका बाँया रक्षक मिलोज केर्केजलाई टोलीमा भित्र्याएको छ । 

बिहीबार लिभरपुलले रक्षक केर्केजसँग ४० मिलियन पाउन्डमा पाँच वर्षको निम्ति सम्झौता गरेको जनाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टोलीमा अनुबन्धित भएपछि केर्केज आफू निकै उत्साहित रहेको बताएका छन् । “मेरो लागि लिभरपुल जस्तो बलियो टोलीमा खेल्न पाउनु शौभाग्यको कुरा हो । म निकै खुसी र उत्साहित छु,” लिभरपुलसँगको सम्झौतापछि केर्केजले भने । 

उनी हंगेरीका राष्ट्रिय खेलाडीसमेत हुन् । यसअघि उनले बर्नमाउथमा सन् २०२३ देखि २०२५ सम्म बिताएका थिए । त्यसअघि डच टोली एजेट् अल्कमारमा र इटालियन क्लब एसी मिलानबाट खेलेका थिए ।

जारी समर विन्डोमा केर्केज लिभरपुलले भित्र्याएको तेस्रो खेलाडी हुन् । लिभरपुलले यसअघि जर्मन क्लब बायर्न लेभरकुजेनका मिडफिल्डर फ्लोरियन रिट्ज र रक्षक जेरेमी फ्रिमपोंगलाई भित्र्याएको थियो । 

 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्