देश
काठमाडौं । सरकारले आजदेखि पोलियो रोगविरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप अभियान सञ्चालन गर्दै छ ।
खोप अभियान जेठ २६ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । यसअघि छुटेका साढे १४ लाखभन्दा बढी बालबालिकाहरुलाई आईपीभी खोप दिने अभियान सञ्चालन गर्न लागिएको हो ।
२०७३ साल वैशाखदेखि २०७५ साल असोज महिनासम्म जन्मिएका बालबालिकालाई आईभीपी खोप दिन लागिएको हो । खोप केन्द्र र खोप अभियान सञ्चालन हुने मितिबारे विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरेर थाहा पाउन सकिने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१ ०८:०६
प्रतिक्रिया दिनुहोस्