site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिमा सरसफाइ आवश्यक : बाबुराम भट्टराई
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

बलेवा (बागलुङ) । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । 

नेपाल समाजवादी पार्टीको बागलुङ जिल्ला अधिवेशन तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले राजनीतिमा सरसफाइ आवश्यक रहेको बताए । पार्टीहरू सिद्धान्त र विचारभन्दा स्वार्थमा रुमलिँदा मुलुकले निकास पाउन नसकेको उनको धारणा थियो । 

आफूले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेन्डामा पछि नपरी यसलाई थप सशक्त बनाउने अभियानमा नयाँ शक्ति लाग्ने बताए । पछिल्लो समय नयाँ पार्टीहरूले आफ्ना एजेन्डा समातेका भए पनि उनीहरूसँग राजनीतिक दृष्टिकोण र विचारमा स्पष्टता नभएकाले आफूले थालेको अभियानलाई थप सशक्त आफैँले बनाउनुपर्नेमा उनले जोड दिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro