site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एकजना प्राविधिकमा निर्भर बाँकेको विषादी अवशेष प्रयोगशाला
Siddhartha BankSiddhartha Bank

बाँके । नेपालगञ्जमा तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला एकजना प्राविधिक सहायकको भरमा सञ्चालनमा छ । 

नेपालगञ्जमा स्थानीय उत्पादन तथा भारतबाट आयातित तरकारी तथा फलफूल रानीतलाउ तरकारी मण्डी, बीपी चोक तरकारी बजार र एक दर्जनभन्दा बढी चोकमा ठेलामा बिक्री वितरण हुँदै आए पनि केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा जनशक्ति अभावले तरकारी तथा फलफूलका सीमित नमूनामात्रै परीक्षण गर्नुपर्ने बाध्यता छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्रोत साधन र जनशक्ति अभावमा तरकारी तथा फलफूलका सीमित नमूनामात्रै परीक्षण गर्दै आएको केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका नायब प्राविधिक सहायक गौरव चौधरीले बताए । 

प्रयोगशाला एकाइमा प्राविधिक सहायक चौधरी र एकजना कार्यालय सहयोगीमात्र कार्यरत छन् । जनशक्ति अभावमा तरकारी तथा फलफूल बजारबाट नमूना संकलनमा समस्या भएको छ ।
 
कीरा तथा रोगव्याधीबाट जोगाउन र उत्पादन बढाउन विषादी प्रयोग गरेको तरकारी सिधै बजारमा बिक्री गर्दा उपभोक्ताको भान्सासम्म विषादी पुगेको चौधरी बताउँछन् । बालीमा प्रयोग हुने विषादीका प्रकार, मात्रा र बाली टिप्ने समयलाई बेवास्ता गरेर विषादीको प्रभाव नघट्दै टिपेर बजारमा पठाएको तरकारी तथा फलफूलजन्य वस्तुमा विषादीको अवशेष धेरै भेटिने गरेको उनले बताए । 

Global Ime bank

उनका अनुसार ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएका तरकारी तथा फलफूल स्वास्थ्यका लागि हानिकारक भएकाले उपभोग गर्न हुँदैन । त्यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी अवशेष प्रयोग भएको तरकारी तथा फलफूल केही दिन कुरेरमात्रै प्रयोग गर्न सकिन्छ । शून्यदेखि ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्रीका लागि योग्य मानिन्छ । 

बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन भएका तरकारी तथा फलफूलजन्य वस्तुमा चालु आर्थिक वर्षको १० महिनामा गरिएको विषादीको नमूना परीक्षणमा पाँचवटामा विषादी पाइएको नायब प्राविधिक सहायक चौधरीले बताए । 

“प्रयोगशालामा ८४९ विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा पाँचवटा नमूनामा कैफियत पाइएको छ”, उनले भने, “तीनवटा नमूनामा रेडलेबल उपभोग गर्न नमिल्ने र दुईवटा नमूनामा एल्लो लेबल पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको हो ।” रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement