site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछाको तेलबारे अध्ययन भन्छ– बिरामीलाई राम्रै गर्छ, अरुले खाए स्ट्रोक हुनसक्छ
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । मुटु स्वस्थ राख्न सबैभन्दा उत्तम मानिएको ‘ओमेगा–३ फ्याट्टी एसिड’ हृदयरोगको जोखिम कम गर्न फिस आयल सप्लिमेन्टका रूपमा दैनिक सेवन गर्ने गरिएको छ ।
 
अमेरिकामा ६० वर्षभन्दा माथिको उमेरका करिब २० प्रतिशत बयस्क मुटु स्वस्थ राख्न यसको सेवन गरिरहेको पाइन्छ । यद्यपि, एउटा नयाँ अध्ययनले नियमित रूपमा फिस आयल सप्लिमेन्टका कारण मुटु स्वस्थ भएकालाई घटाउने होइन पहिलो पटक स्ट्रोक हुनसक्ने र धड्कन सम्बन्धी उत्तेजना बढाउने जनाइएको छ । यो भनेको अनियमित धड्कन हो । जसले छातिमा हिर्काएको जस्तो अवस्था उत्पन्न हुन्छ ।

यो अध्ययनको शीर्षक ‘माछाको तेल पुरक : यसलाई ‘डम्प’ गर्ने बेला भएको हो कि होइन ?’ डेन्भरको नेसनल जेविस हेल्थमा कार्डियोभास्कुलर प्रिभेन्सन एण्ड वेलनेसका निर्देशक डा. एन्ड्रयु फ्रिम्यानले बताएका छन् । उक्त अध्ययनमा बेलायतका ४ लाख १५ हजार ४० देखि ६९ वर्षका मानिसबाट प्राप्त तथ्यांकको विश्लेषण गरिएको थियो । मुटुको समस्या नभएका मानिसलाई यसको नियमित प्रयोग गर्दा अनियमित धड्कन हुने जोखिम १३ प्रतिशत हुने र ५ प्रतिशतलाई स्ट्रोक हुनसक्ने जनाइएको छ । उक्त अध्ययनको रिपोर्ट बीएमजी मेडिसिन जर्नलमा मंगलबार प्रकाशित भएको छ ।

मुटुको रोग रहेका मानिसका हकमा भने फिस आयल नियमित रूपमा खाँदा १५ प्रतिशतलाई अनियमित धड्कन र हृदयाघातको जोखिम घटाएको र मुटुको असफलता र मृत्युको जोखिम ९ प्रतिशत घटाएको जनाइएको छ । विज्ञले फिस आयलले मुटु सम्बन्धी पहिले नै बिरामी भएका मानिसका हकमा काम गर्ने भए पनि बिरामी नभएकालाई भने समस्या आउन सक्ने जनाएका छन् । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro