site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् बैठकअगाडि सहमति गर्ने प्रयासमा कार्यदल, बैठक बस्दै 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बिहीबार (हिजो) निष्कर्षविहीन भएको बैठक आज पुनः बस्ने भएको हो । 

बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ८ बजे सुरु हुनेछ । हिजो बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन । 

Prabhu Bank
Agni Group
NIC Asia

संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन । सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नभएर उनी जोडिएको भनिएका सहकारीको नामसम्म लेख्न सकिने बताइरहेका छन् ।

आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअगाडि नै सहमति गर्ने नेताहरूको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रम पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । यसअघि नै सहमति जुटाउन कार्यदलको बैठक बस्न लागेको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement