site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी ठगीविरुद्ध कांग्रेसको प्रदर्शन : यी हुन् केन्द्रले खटाएका १५ प्रतिनिधि
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आगामी आइतबार (जेठ १३ गते) सडक प्रदर्शन गर्दै छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

कांग्रेसले सहकारी पीडितको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

KFC Island Ad
NIC Asia

विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ । मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाहरूले मात्रै बचतकर्ताको दुई खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ ।

“३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सिमित सञ्चालक र निजी कम्पनीहरूले संगठितरूपमा अपचलन, ठगी र दुरुपयोग गरेका छन् । हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएका छन्,” कांग्रेसले भनेको छ ।

Royal Enfield Island Ad

प्रदर्शनका लागि लागि कांग्रेसले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । 

यी हुन् खटाइने प्रतिनिधि :

काठमाडौं
१) उमेशजंग रायमाझी 
२) सीता थपलिया 
३) रंगमती शाही 
४) कुन्दन काफ्ले  
५) नैनसिंह महर 
६) गुरु बराल
७) आङ्गेलु शेर्पा 
८) अब्दुल सतार
९) डा. डिला संग्रौला
१०) प्रकाश स्नेही रसाइली 

ललितपुर

१) दिलमान पाख्रिन 
२) देवेन्द्रराज कँडेल 
३) अर्जुन जोशी 

भक्तपुर

१) हरिशरण नेपाली 
२) गणेश लामा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro