site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खासा बजार सारेपछि उजाडिएको कोदारी

काठमाडौं । सडक सञ्जालमार्फत जोडिएको नेपाल र चीनबीचको पुरानो ठूलो व्यापारिक नाका हो, कोदारी । जुन नेपालको सिन्धुपाल्चोक र चीनको तिब्बत सीमामा छ । बीच भागबाट भोटेकोशी नदी बग्छ । जुन नाका भूकम्पअघि निकै चल्तीमा थियो ।

नदीवारि नेपालतिर कोदारी बजार र पारिपट्टि खासा बजार छ । मितेरी पुल र दुई बजारमार्फत् हुने अन्तर–सीमा व्यापार जोडेको छ ।  जुन १० वर्षअघि नेपालको ठूलो व्यापारिक केन्द्र र राजस्व संकलन आधार बनेको थियो । अरनिको राजमार्ग हुँदै सजिलै पुगिने कोदारी र खासा बजार सामान्य सञ्चालनमा छ, व्यापार व्यवसाय भने ठप्प जस्तै छ ।

kodari5-1716445350.JPG
 

व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका कैयौं घर खाली छन् । छिटपुट पर्यटक तिब्बतबाट नेपाल आउने र नेपालबाट फर्किनेबाहेक अन्य ठूलो कुनै अन्तर–सीमा व्यापार छैन । पछिल्लो समय केही विद्युतीय गाडी आयात भएको देखिन्छ । त्यसबाहेक अन्य कुनै चहलपहल छैन । जसकाकारण कोदारी बजार उजाडिएको मात्रै छैन कि बाह्रबिसे, खाडीचौरको सबै व्यापार सुकेका छन् ।

त्यसको मुख्यकारण एउटै हो, चीनले खासा बजार सार्नु । चीन सरकारले २०७२ बैशाखमा आएको भूकम्पका कारण देखाएर खासा बजार सारेको हो ।  

कहिले सञ्चालन होला पूर्ण रुपमा तातोपानी नाका ?

भूकम्प कारण देखाउँदै चीनले पूर्ण रुपमा बन्द गरेको तातोपानी नाका नेपाल सरकारले पटक–पटक खोल्न प्रयास गर्‍यो । भूकम्पको चार वर्षपछि २०७६ मा भने चीन नाका खोल्न तयार भयो । 

तर, अझै पूर्ण रुपमा नाका सञ्चालनमा भने हुन सकेको छैन । त्यसको ठूलो प्रभाव मुलुकको अर्थतन्त्रमा नै परेको छ । भूकम्पअघि उक्त नाकामा सयौं ट्रक तथा कन्टेनर सञ्चालित थियो । पछिल्लो समय शून्यप्रायः छ । 

चीन हुँदै छोटो र सस्तो मूल्यमा काठमाडौंमा पुग्ने सामान कोलकाता बन्दरगाह हुँदै घुमाएर ल्याउनुपर्ने बाध्यता व्यवसायीहरूमा छ । भूकम्पपछि ०७६ मा नाका खोल्न सहमत भएको पहिलो दिन तिब्बतको खासाबाट ऊन बोकेका छवटा ट्रक नेपाल प्रवेश गराएको थियो । 

kodari1-1716445349.JPG
तर, त्यसयता कुनै मालबाहक ट्रक नेपाल प्रवेश गर्न पाएका छैनन् । खासामा सामान्य चकलेट पसलबाहेक अन्य कुनै पसल सञ्चालनमा छैनन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईका अनुसार, नाका आंशिक रुपमा मात्रै सञ्चालन हुँदा कुनै व्यापार व्यवसाय अघि बढ्न सकेको छैन ।  

नाका खुला जस्तो मात्रै हो । चीनले सामान्य सामाग्रीबाहेक अन्य सामान तातोपानी नाकाबाट पठाएको छैन । खासाको व्यापारी बजार समेत सीमाभन्दा थप ५० किलोमिटर उतै सारेको छ ।

सिन्धुपाल्चोकका सहायक जिल्ला अधिकारी जितबहादुर भण्डारीले पनि नाकाबाट पहिलाको तुलनामा २ प्रतिशत सामानसमेत नेपाल आयात नहुने बताए ।  सामान्य नाका सञ्चलानबाहेक अन्य व्यापारिक अवस्था कोदारीमा र खासा दुवै बजारमा नभएको उनको भनाइ छ ।

kodari3-1716445349.JPG
यद्यपि चीन हुँदै पछिल्लो समय केही विद्युतीय साना–गाडी र केही हाइड्रोपावर निर्माणका लागि सामान आयात हुने गरेको छ । नेपालबाट भने कुनै सामाग्री निर्यात भएको छैन । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले चीन पक्षले नाका खोल्न कुनै चासो नदिएको बताउँछन् ।

उनी भन्छन्, “भूकम्प भन्ने एउटा बाहना मात्रै हो । चीन पक्षले नाका पूर्ण रुपमा खोल्ने कुनै चासो दिएको छैन । चीनले खासा बजारसमेत सिगात्से सहरमा सारिसकेको छ । त्यहाँ जान नेपालीलाई जान सजिलो छैन ।”

kodari2-1716445349.JPG
तातोपानी नाका खोल्न नेपालको तर्फबाट समेत कुनै ठोस पहल नपुगेको उनको तर्क छ । तातोपानी नाका सञ्चालन नहुँदा सिन्धुपाल्चोक जिल्लाकै आर्थिक अवस्था बिग्रँदै गएको उनको गुनासो छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro