site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दराज नेपाललाई १५दराज नेपालऔँ टाटा एसएभी हस्तान्तरण

काठमाडौं । खर्च, उपयोगिता, सहजता, वातावरण संरक्षणजस्ता विभिन्न मानकमा नेपालमा ढुवानीका लागि विद्युतीय गाडी कति उपयुक्त होला भन्ने द्विविधाकाबीच दराजले विभिन्न ब्रान्डका कमर्सियल गाडीको परीक्षण गरेको छ ।

आफ्नो कार्यले वातावरणमा कम प्रभाव परोस् भनेर साना डेलिभरीका लागि ईभी स्कुटर प्रयोगलगायतका नयाँ प्रविधि प्रयोग गर्दै आएको दराजले बताएको छ । आफ्नो सेवालाई पुनःप्रशोधन गर्न मिल्ने प्याकेजिङ, सौर्य ऊर्जामा लगानी, कागजको खपत न्यूनीकरण, ढुवानीमा विद्युतीय गाडीको प्रयोग गरिरहेको दराजले जानकारी दिएको छ ।

१५ दिनसम्म गाडीको ट्रायल गरेर टाटा एस ईभीको कार्यक्षमताबाट पूर्ण सन्तुष्ट भएर २०२३ मा २ वटा गाडी लिएर काम सुरु गरेको दराजले अप्रिल २०२४ सम्म आफ्नो ढुवानीमा १५ वटा ईभी पुर्‍याएको बताएको छ ।

मंगलबार आयोजना गरिएको १५औँ साँचो हस्तान्तरण कार्यक्रमले नवीन र वातावरण मैत्री ढुवानीका विकल्प रोजी दिगो विकासमा टेवा पुर्‍याउने टाटा मोटर्स र दराजको संयुक्त प्रयासलाई उजागर गर्ने बताइएको छ ।

“हामी हाम्रो १५औँ टाटा एस ईभी दराज नेपाललाई प्रदान गर्न पाउँदा खुसी छौँ र  यो साझेदारीबाट  दुवानी क्षेत्रमा एउटा नवीन र दिगो आयाम थप्ने हामीलाई विश्वास छ । दराजले पर्यावरण–मैत्री सवारी साधनहरूको प्रयोग गरी आफ्नो ढुवानी सञ्जाललाई सबल बनाउँदै जाँदा हाम्रो साथ निरन्तर रहिरहने छ,” सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल युनिटका सिनियर जीएम अनुपमणि ढकालले भने ।

त्यस्तै, दराज एक्सप्रेसका प्रमुख सन्तोष विष्टले कुल सवारी साधनहरूमध्ये टाटा एस ईभीले दीर्घकालीनरूपमा लागतलाई कम गर्न प्रतिबद्धतालाई टेवा दिने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro