site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानका राष्ट्रपति सवार हेलिकोप्टर कस्तो हो ? 
SkywellSkywell

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री अमीर अब्दुल्लाहियनलगायत ९ जनाको जुन हेलिकोप्टरमा चढेर मृत्यु भएको थियो त्यो हेलिकोप्टरको चर्चा भइरहेको छ । 

राष्ट्रपति अजरबैजानको सीमामा एक बाँधको उद्घाटन गरेर फर्किने क्रममा आइतबार हेलिकोप्टर दुर्घटनामा परेको थियो ।  आज उनीसहित सबैको मृत्यु भएको पुष्टि भएको हो । उनी बेल २१२ नामको हेलिकोप्टरमा चढेका थिए । सो हेलिकोप्टर भियतनाम युद्धका समयमा प्रयोग गरिएको यूएच वन एन ट्विन जस्तै यात्री हेलिकोप्टर हो ।

Dabur Nepal
NIC Asia

त्यसको अपरेसन सन् १९६० दशकको पछिल्लो समयबाट सुरु  भएको हो । सीएनएनका अनुसार अमेरिकामा उत्पादित सो हेलिकोप्टर पछि क्यानडामा पनि हुन थालेको जनाइएको छ । रोयटर्सका अनुसार १९६० को दशकमा यो हेलिकोप्टर क्यानडाले सेनाको लागि बनाएको थियो ।

यो हेलिकोप्टरलाई सबैखाले काममा प्रयोग गरिने जनाइएको छ । यात्रु बोक्न, आगो निभाउन, सामान ढुवानी गर्न र हतियारको सप्लाइ गर्न पनि यसको प्रयोग गरिन्छ । रइसी चढेको हेलिकोप्टरलाई मोडिफाइ गरेर शीर्ष अधिकारीलाई आवतजावत गर्न मिल्ने गरी बनाइएको थियो । 

यो हेलिकोप्टर अहिले अमेरिकी कम्पनी बेल टेक्सट्रानले बनाइरहेको छ । त्यसको मुख्यालय टेक्सासमा रहेको छ । बेल हेलिकोप्टरको सबैभन्दा पछिल्लो भर्सन भने बेल ४१२ हो ।  युरोपियन एभिएसन सेफ्टी एजेन्सीका अनुसार यो हेलिकोप्टरमा १५ जनासम्म बोक्न मिल्छ । यो हेलिकोप्टर जापानका तट रक्षकले पनि प्रयोग गरिरहेका छन् ।

अमेरिकामा यसको प्रयोग फायर विभाग र कानुनसम्बन्धी एजेन्सीले गरिरहेका छन् । इरानको वायु सेना र नेवीसँग यसप्रकारका १० हेलिकोप्टर रहेको मानिन्छ । यसअघि २०२३ मा यो हेलिकोप्टर दुबईमा एक निजी प्रयोगमा दुर्घटनामा परेको थियो । इरानमै पनि यस खालको दुर्घटना भएको थियो । त्यहाँ चारजना मारिएका थिए ।

एभिएसन सेफटी नेटवर्कका अनुसार १९७२ बाट २०२४ को बीचमा बेल २१२ हेलिकोप्टरमा जोडिएका ४३२ घटना भएकामा जम्मा ६३० मानिसको मृत्यु भइसकेको छ । विगतमा इरानका रक्षा, यातायातमन्त्रीबाहेक थल र वायु सेनाका कमान्डर पनि हेलिकोप्टर दुर्घटनामा मारिएका थिए । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu