site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गएको साता केही सफा रहेको काठमाडौं उपत्यकाको वायु फेरि ‘अस्वस्थकर’ भएको छ । वातावरण विभागको तथ्यांकमा काठमाडौंका तीन स्थानको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सोमबार १५५ भन्दा माथि छ ।

विभागको रेकर्डमा सोमबार बिहान ११ः३० बजे ललितपुरको भैँसेपाटीको एक्यूआई सबैभन्दा धेरै १७१ मापन गरिएको छ । ललितपुरकै खुमलटारको १६३, काठमाडौंको शंखपार्कको एक्यूआई १५५ मापन गरिएको छ ।

Agni Group
NIC Asia

यस्तै, भक्तपुरको एक्यूआई ११८ र ललितपुरको पुल्चोकको ८५ पुगेको विभागको तथ्यांक छ । पछिल्लो २४ घण्टामा काठमाडौंका विभिन्न स्थानको एक्यूआई १२० देखि १८३ सम्म मापन गरिएको छ ।

गएको साता काठमाडौंका अधिकांश स्थानमा एक्यूआई ५० भन्दा तल झरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार, वायु स्वस्थकर हुन एक्यूआई ५० भन्दा कम हुनुपर्छ । १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।

Global Ime bank

वायुमा खराब ग्यास तथा कणहरूको मात्रा (पीएम २.५, पीएम १००)लगायत आधारमा एक्यूआई मापन गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu